१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


मोरङको सुनबर्षी नगरपालिकामा नेपाली कांग्रेस विजयी


0
Shares

प्रमुखको पदमा कांग्रेसका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गरे ।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी मञ्जुकुमारी राईले ६ हजार १९३ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गरिन् । (रासस)