
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचन अधिकृत रुद्रप्रसाद पन्थीले शपथग्रहण गराएका हुन् ।
मायादेवी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले विजयी जनप्रतिनिधिलाई प्रमाणपत्रसमेत वितरण गरेको थियो ।
८ ओटा वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी र उपाध्यक्षमा कांग्रेसकै मायादेवी यादव विजयी भएका थिए ।
शपथग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष चौधरीले मायादेवी गाउँपालिकाको समग्र विकासमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मायादेवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ४२ जना जनप्रतिनिधि चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्