
सत्तारुढ गठबन्धनलाई पराजित गर्दै प्रमुखमा एमालेका शिवराज सुवेदी र उपप्रमुखमा पनि एमालेकै गोमा आचार्य विजयी भएका हुन् ।
प्रमुखमा एमालेका सुवेदीले २३ हजार २४९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकी आचार्य २५ हजार ३०१ मत ल्याइ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ७९२ मत पाएका छन् ।
बुटवल उपमहानगपालिकाका १९ ओटा वडामध्ये १७ ओटा वडामा एमालेको प्यानलै विजयी भएको छ । वडा नम्बर–१३ र १७ को वडाध्यक्षमात्रै कांग्रेसले जित्न सफल भएको छ ।
बुटवलमा सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्र तथा राष्ट्रिय जनमुक्ति पार्टीबीच गठबन्धन थियो भने एमाले एक्लै मैदानमा थियो ।
प्रतिक्रिया दिनुहोस्