१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


मोरङको पथरी–शनिश्चरे नगरपालिकामा एमाले विजयी


0
Shares

बुधबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार नगरपालिकाको प्रमुखमा एमालेका दिलीपकुमार राईले ९ हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत ल्याए ।

यस्तै, उपप्रमुखमा पनि एमालेकै यमुना विष्ट ९ हजार ९२६ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी प्रेमला राईले सात हजार ३४४ मत ल्याइन् ।

सो नगरका जम्मा १० वडामध्ये एमालेले ५ वडाध्यक्ष, कांग्रेसले तीन, माओवादीले एक जित्नुका साथै पथरी–शनिश्चरे–६ बाट स्वतन्त्र उम्मेदवार जयबहादुर तामाङ विजयी भए । रासस