१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


धरान उपमहानगरको मत गणना सुरु हुने, निर्वाचन अधिकृत हटाइए


0
Shares

बुधबार राति अबेरसम्म बसेको सर्वपक्षीय बैठकले आज बिहान ८ बजेबाट मतगणना शुरु गर्ने सहमति गरेको हो ।

धरानको मतगणनाका क्रममा विवाद भएपछि सोमबार रातिदेखि मतगणना नै स्थगित भएको थियो ।

संघीय समाजवादी फोरमले आफ्ना उम्मेदवारको मत नेकपा मालेका उम्मेदवारका नाममा गणना भएको भन्दै आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो ।

राति बसेको सर्वपक्षीय बैठकले निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाएर उपसचिव कमल थापालाई निर्वाचन अधिकृत राख्ने निर्णय गरेसँगै सोमबारदेखि अबरुद्ध मतगणना पुनः सुरु गर्ने सहमति भएको हो ।