१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


मत गणना अन्तिम चरणमा, एमाले पहिलो र काँग्रेस दोस्रो बन्ने निश्चित


0
Shares

दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले १ सय ४२ स्थानीय तहमा विजय हात पारेको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म १ सय १७ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३७ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ७ सिट जितेको छ भने लोकतान्त्रिक फोरमले पनि ६ सिट जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।