Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रधानमन्त्री ओली रात्रिकालीन उडानबाट काठमाडौं फिर्ता 


0
Shares

झापा, माघ १७ । गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार झापामा आयोजित चारओटा कार्यक्रममा सहभागी भए ।

मेचीपुलको उद्घाटन र चन्द्रगढी विमानस्थलबाट सुरु गरिएको रात्रिकालीन उडानको शुभारम्भ पनि उनले गरे ।

त्यसअघि, उनले दमकमा बृहत् बाल महोत्सवको उद्घाटन गरे भने कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माविमा आयोजित स्वर्णमहोत्सव समारोहको पनि उद्घाटन गरे ।

मेचीपुलको उद्घाटनकाक्रममा प्रधानमन्त्री ओलीले बंगलादेशसँग पनि नेपालले व्यापारिक कारोबार गर्ने अवस्था बनेको बताए ।

बिहीबारै साँझ चन्द्रगढी विमानस्थलमा रात्रीकालीन उडानको शुभारम्भ गरेका प्रधानमन्त्री ओली रात्रीकालीन उडानबाटै काठमाडौं फर्किए ।