Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


३२ जिल्लाका स्थानीय तहलाई पुनःनिर्माणको अधिकार हस्तान्तरण


0
Shares

काठमाडौं, माघ १७ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पप्रभावित ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनःनिर्माणको कार्य जिम्मेवारी, साधन–स्रोत र अधिकार हस्तान्तरण गरेको छ ।

संघीय संसदअन्तर्गत्को राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको कार्यलाई गति दिन, स्थानीय तहहरुमा स्वामित्व बढाउन, संस्थागत दिगोपना बढाउन र संघीयताको कार्यन्वयनका लागि प्राधिकरणले स्थानीय तहरुलाई अधिकार हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

भूकम्पप्रभावित जिल्लाहरुमा २८४ स्थानीय तह छन् ।

प्राधिकरणले अभियानकारुपमा स्थानीय तहहरुसँग ११ बुँदे समझदारी गरी अधिकार हस्तान्तरण गरेको थियो ।

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसहित जिल्ला पुनःनिर्माण समितिहरुलाई सक्रिय पारेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसबाट संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइ पुनःनिर्माण अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।