Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


हुन्डाईको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा


0
Shares

काठमाडौं, माघ १७ । हुन्डाईको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्रिएको छ ।

हुन्डाईको नेपालका लागि अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनलले इलेक्ट्रिक कार ‘कोना इभी’ नेपाली बजारमा ल्याएको हो ।

सबै प्रयोनजनका लागि चलाउन मिल्ने दाबी गरिएको यस एसयुभीमा भिन्न टप बटम एलइडी डीआरएलएस र हेटल्याम्प, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, अटोहोल्डका साथ इलेक्ट्रिक पार्किङ ब्रेक ताररहित फोन चार्जर, ६ ओटा एअर ब्यागलगायतका मुख्य विशेषताहरु रहेको जनाइएको छ ।

यसको १३५ पीएसको पावरले यसलाई एसयुभीको दरिलोपनको साथ इलेक्ट्रिक पावर ट्रेनको पावर प्रदान गर्ने कम्पनीको दाबी छ ।

अत्याधिक प्रभावकारी र वातावरणमैत्री सवारी–साधन उत्पादन गर्ने प्रतिबद्धताका साथ कम्पनीले नयाँ मोडल ल्याएको कम्पनीले  जनाएको छ ।

कारको मूल्य स्थानीय बजारमा ५१ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ ।