Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


चार दशकपछि भीर र चट्टान फोरेर बनाइएको सडकमा मोटर गुड्यो


0
Shares

हेटौंडा, माघ १७ । मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुरदेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक निर्माणकार्य सम्पन्न भएको छ ।

वि.सं. २०३४ सालदेखि सुरु भएको ‘ट्रयाक’ निर्माणकार्य सकिएपछि बिहीबार प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

चार दशकपछि भीर र चट्टान फोरेर बनाइएको सडकमा मोटर गुडेपछि स्थानीयहरु खुसी भएका छन् ।

प्रजा विकास कार्यक्रमअन्तर्गत् चेपाङ गाउँलाई राजमार्गसँग जोड्न तत्कालीन जिल्ला विकास समितिले सडक निर्माणकार्य थालनी गरेको थियो ।

चालू आर्थिक वर्षमा सडकको ट्रयाक खोल्न एक करोड रुपैयाँमा ठेक्का आह्वान गरेपछि पुजन कन्स्ट्रक्सनले ५५ लाखमा ठेक्का पारेर काम सुरु गरेको थियो ।