१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


‘असोज ३० गते प्रदेशसभा र मंसिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन’


0
Shares

शुक्रबार राजधानीमा निर्वाचन पर्यवेक्षण संस्थाहरु नियोक र जियोकले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले असोज ३० मा प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताएका हुन् ।

उनले आगामी चुनावलाई प्रविधिमैत्री बनाउन अध्ययनका लागि प्राविधिक समूहलाई भारत पठाइसकिएको जानकारी पनि दिए ।

उनले कानुन निमार्णकैबेलामा निर्वाचनको मिति तय गर्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन अनुरोध गरेपनि सरकारले त्यसको सुनुवाइ नगरेको गुनासो गरे ।

प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्रमा भएका त्रुटिहरुलाई दोहोरिन नदिन मतदाता नामवली अद्यावधिक गरिने पनि बताए ।

पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन पर्यवेक्षण संस्थाका अगुवाहरुले सुझाव दिएका थिए ।