Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


मेची अञ्चल अस्पताल सुधार प्रक्रिया सुरु, मेडिकल कलेजका रुपमा विकास हुने


0
Shares

तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गरेकोे स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत अञ्चल अस्पताललाई रु ३० करोड बराबरको तीन तले सुविधासम्पन्न पक्की भवन बन्ने प्रक्रिया सुरु भएको हो ।

मेची अञ्चल अस्पताल विकास समितिको माग बमोजिम झापा क्षेत्र नं– ३ का सांसद कृष्णप्रसाद सिटौलाको पहलमा स्वास्थ्य मन्त्रालयले रु ३० करोडको लागतमा आधुनिक उपकरण जडान गर्न मिल्नेगरी जनमैत्री भवनको प्रस्तावसहित बोलपत्र आह्वान गरेको मेची अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिए ।

उनका अनुसार अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्नका लागि प्रयोगशाला, अभ्यास कक्ष तथा बिरामी उपचार सेवा प्रवाह गर्न मिल्नेगरी भवन निर्माणको प्रस्तावसहित बोलपत्र भइसकेको छ ।
अञ्चल अस्पतालमा आवश्यक दरबन्दी र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न लागिएको अस्पताल प्रशासनको भनाइ छ ।

अझैपनि केही दरबन्दी रिक्त रहेकाले मन्त्रालयमा माग गरिएको अस्पतालका प्रमुख डा.पिताम्बर ठाकुरले जानकारी दिए । रासस