
लमजुङ, असार १९ । लमजुङमा एउटाको नाममा दर्ता भएको औषधि पसल अर्कै व्यक्तिले सञ्चालन गरेको भेटिएको छ ।
औषधि व्यवस्था विभागले बेसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकाका विभिन्न ठाउँमा गरेको अनुगमनका क्रममा अवैधरुपमा औषधि पसल संचालन गर्ने गरेको भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एउटाको नाममा दर्ता भएको औषधि पसल अरु व्यक्तिले सञ्चालन गर्न नपाउने बताए ।
विभागले २९ वटा फार्मेसीको अनुगमन गरेकोमा चार वटाको दर्ता नै नभएको फेला परेको जनाएको छ ।
ती फार्मेसी बन्द गरी १० दिनभित्र औषधि व्यवस्था विभाग काठमाडौंमा उपस्थिति हुन संचालकलाई निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले केही फार्मेसीबाट अवैध औषधि बिक्रीवितरण हुने गरेकोसमेत फेला पारेको छ ।
त्यस्तो औषधि जफत गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्