Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


पुलको लठ्ठा चुडिंएपछि यस्तो जोखिमपूर्ण यात्रा गर्छन विद्यार्थी(भिडियो)


0
Shares

-कविराज घिमिरे/ ईमेज

चुडिएको लठ्ठा मर्मत नहुँदा बिद्यार्थीसहित सो क्षेत्रका सयौं बासिन्दाको दैनिक यात्रा कठिन बन्दै गएको हो ।

साविकको वुढिमोरङ र फाक्सिव गाविसका वासिन्दालाई कोशी राजमार्ग संग जोड्न तथा बिद्यार्थीलाई सीतादेवी माध्यमिक विद्यालय पुग्न लेउति खोलामा लगाईएको झोलुङ्गे पुलको लठ्ठा चुडिएर जिर्ण बनेको हो ।

२०२८ सालमा निर्माण गरिएको पुलको एउटा लठ्ठा चुडिंदा एका तर्फ पुल पुर्ण रुपमा नुहिएको छ भने अर्को लठ्ठा खिया लागेर चुडिने अबस्थामा पुगेको छ ।

सीतादेवी माध्यमिक बालशिक्षा देखि दश कक्षासम्मका करिव तीन चौथाई विद्यार्थी पढ्नको लागि खोला वारी भेडेटार, फलामेटार, धारापानी, मुलघाटबाट जाने गर्दछन् ।

तर उनिहरुलाई बिद्यालय जाने फर्कने समयमा पुल कसरी तरेर बिद्यालय पुग्ने भन्ने चिन्ताले सताउने गररेको बिद्यार्थी वताउंछन् ।

बर्खाको समयमा खोलामा दैनिक जसो बाढी आउंदा सोहि जोखिम पुलबाटै यात्रा गर्नुपर्ने बाध्यता स्थानीयबासिन्दा र बिद्यार्थीको रहेको छ ।

पुलकै कारण बिद्यालय बन्द गर्नु पर्ने अबस्था समेत आएको बिद्यालयका शिक्षक टिका प्रसाद पोख्रेल बताउँछन् ।

बिद्यार्थी बाहेक दैनिक पाँच सयभन्दा बढी स्थानीय सो पुल ओहारदोहोर गर्ने गर्दछन् ।

सो क्षेत्रका गाँउलाई कोशी राजमार्ग संग जोड्ने तथा दैनिक उपभोग्य सामान र कृषि जन्य उत्पादन ओसारपसार गर्ने एकमात्र पुल हो ।

महिला, वालवालिका र ज्येष्ठ नागरिकहरुलाई खोला तर्न निकै समस्या हुने गरेको छ ।

जीर्ण अवस्थामा रहेको सो झोलुङ्गे पुल कुनै पनि वेला चुँडिएर ठुलो दर्घटना हुन सक्ने स्थानीय मदन पोखरेल बताउँछन् ।

जोखिम पूर्ण अवस्थामा रहेको उक्त पुलवाट कुनै पनि बेला मानवीय क्षति हुन सक्ने भएकाले सम्वन्धित निकायले चासो दिएर पुल मर्मत सम्भार वा नयाँ निर्माण गरिदिन यहाँको स्थानीयले गरेका छन् ।