Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवामा खाद्यान्न संकट


0
Shares

पाँचथर । पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवाका स्थानीयवासी खडेरीले बालीनाली सखाप पारेपछि भएको खाद्यन्न संकटका कारण चिन्तित बनेका छन् ।

गत जेठ असारमा पानी नपर्दा गाउँपालिका अन्तर्गतका का ७ सय ६९ परिवारको अन्नबाली सखाप भएका कारण यस वर्ष खाद्यन्न संकटको सामना गर्नुपरेको हो ।

यसअघि प्रदेश नम्बर १ को सरकारले ५ हजार रुपैयाँ नगद र गाउँपालिकाले १ बोरा चामाल राहत वितरण गरे पनि त्यो पर्याप्त नभएको स्थानीयको गुनासो छ ।

राहत सकिएपछि के खाने भन्ने चिन्ताले पिरोलिएका उनीहरुले आफूहरुलाई सहयोग गर्न अपील गरेका छन् ।

यता,तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले अल्पकालीन राहतभन्दा सीपमूलक तालिम दिएर दीगो आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।