
नगरपालिकाको पहिलो बैठकमा प्रमुख थापाले राखेको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । बैठकले ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा उपलव्ध गराइने निर्णय पनि गरेको छ ।
त्यसैगरी, सुत्केरी, ज्येष्ठ नागरिक र असहायहरुका लागि स्वास्थ्य बिमा उपलब्ध गराउन तत्काल प्रक्रिया सुरु गर्ने जनाइएको छ ।
बैठकले ‘सुत्केरी स्याहार पोषण’बापत दुई हजार रुपैयाँ नगद र स्वास्थ्य बिमाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
हाल स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ५०० रुपैयाँ उपलब्ध गराउँदै आइएको छ । रकम पाउन ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने प्रावधान राखिएको छ ।
उक्त सुविधा नगरपरिषदले पारित गरेपछि लागू हुने नगरप्रमुख थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्