
सो क्याम्पसको स्ववियुको नेतृत्वमा माइतीघरमन्डलाबाट र्याली निकालिएको हो ।
त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातकोत्तर तहको भर्ना मेरिट लिस्टको आधारमा हुनुपर्ने माग राख्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतले दिएको आदेशविपरीत मेडिकल कलेजहरुले जथाभावी भर्ना लिन थालेपछि सरोकारवालाहरुले आवाज उठाउन थालेका हुन् ।
मेडिकल क्याम्पस महारागन्ज स्ववियुका अध्यक्ष मिलन गैरेले मेरिट लिस्टमा परेका विद्यार्थीको भर्ना नलिइ जथाभावीरुपमा भर्ना लिन नरोकेसम्म आफूहरुको आन्दोलन नरोकिने बताए ।
प्रतिक्रिया दिनुहोस्