Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


नुहाउने क्रममा मोहना नदीमा डुबेर बालकको मृत्यु


0
Shares

कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदीको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको मोहना नदीको त्रिवेणीघाटमा बुधबार नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता भएका बिराजको शव प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सोही नदीमा फेला पारिएको छ । मृतक बालक वीरबहादुर चौधरीका छोरा हुन् । बुधबार दिउँसो साथीहरुसँगै नुहाउन भनी उनी मोहना नदीतर्फ गएको बताइएको छ । (रासस)