बिहीबार बसेको मन्त्रिपरिषद बैठकले क्षत्रीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत् क्षत्री वरिष्ठ सचिव थिए । उनी कानुन समूहबाट निजामती सेवामा प्रवेश गरेका थिए ।
क्षत्रीको कार्यकाल आगामी कात्तिक ८ गनेसम्ममात्र हुनेछ । उनले ५८ वर्ष उमेर हदका कारण कात्तिक ८ गते अनिवार्य अवकाश पाउनेछन् ।
मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र विकास योजनाका लागि फिनल्यान्ड र जापान सरकारले दिने सहयोग स्वीकृत गर्ने निर्णय पनि गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
फिनल्यान्ड सरकारले २ अर्ब ३६ करोड र जापान सरकारले २७ करोड ४७ लाख रुपैयाँ विद्यालय सुधारका लागि सहयोग दिने भएका छन् ।










प्रतिक्रिया दिनुहोस्