परीक्षा सुरु हुनेबेला विद्यालयमा विद्युत् सर्ट हुँदा आगोलागी भएको बताइएको छ ।
आगोलागीबाट विद्यालयका तीनओटा कोठा र त्यहाँ रहेका सामान जलेर पूर्णरुपमा नस्ट भएका छन् ।
कपिलवस्तु नगरपालिकामा रहेका दुईओटा दमकल विद्यालयमा पुगेपनि एउटा दमकलमा पानी नरहेको र अर्को नयाँ दमकलको सिस्टमले काम नगरेकाले स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा आगो नियनत्रणमा लिइएको छ ।
घटनामा कुनै मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्