Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


स्कुल बस र जिप ठोक्किँदा एकको मृत्यु, पूर्वसांसदसहित ९ जना घाइते


0
Shares

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित बाबा पेट्रोलपम्पनजिकै उत्तरतर्फबाट आउँदै गरेको ना१प ४८०५ नम्बरको स्थानीय मोनाष्टिक स्कुलको बस र जनकपुरतर्फबाट गइरहेको को१च ८५१७ नम्बरको स्कारपियो जिप ठोक्किँदा सिरहाको लहान नगरपालिका–१२ की ललिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा पूर्वसांसद सरितादेवी चौधरी तथा स्थानीयवासी हरेराम यादव, मणि कामत, सागरदेवी चौधरी, रामरती महरा र स्कारपियो चालक दिलीप चौधरीको हातखुट्टा र टाउकामा गम्भीर चोट लागेकाले उपचारका लागि विराटनगर न्युरो अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए ।

दुर्घटनामा अन्य सामान्य घाइते भएका तीनजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस