Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


चूडामणि शर्मासहित तीनजनाविरुद्ध ११ अर्बको भ्रष्टाचार मुद्दा


0
Shares

आयोगले कर फछ्र्याेट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा बिहीबार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । यो आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो ।

आयोगका उच्च अधिकारीकाअनुसार कर फछ्र्यौटसम्बन्धी ४५ फाइलको अध्ययन गर्दा रु १० अर्ब ९५ करोड भ्रष्टाचार भएको ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो ।

‘आयोगको निर्णयलगत्तै आजै मुद्दा दर्ता गर्ने तयारी गरिएको थियो तर समय अभावका कारण भोलि शुक्रबारका लागि सरेको छ’–आयोगका ती अधिकारीले भने–‘हाल अध्ययन भइरहेको फाइलबाट झन्डै रु ११ अर्बको भ्रष्टाचार भएको देखिएको हो । अरु फाइल अध्ययन गर्दा थप भ्रष्टाचारको विवरण आउनसक्छ ।’

तत्कालीन कर फछ्र्याेट आयोगका सदस्यद्वय महत र ढकाल भने हाल फरार छन् ।

आयोगले कर फछ्र्याेटसम्बन्धी भएका निर्णयको समग्र पक्षको अध्ययन गरिरहेको छ । रासस