Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मेघा चुरे वृक्षरोपण अभियान सम्पन्न


0
Shares

अभियानअन्तर्गत् सरकारी बजेटबिनै पहिलोपटक चुरे जंगलमा नेपाली सेना, जिल्ला वन कार्यालय र स्थानीयको सहभागितामा १५ हजार ८०० वृक्षरोपण गरिएको छ ।

गोरखनाथ गण महेन्द्रनगर धनुषाका गणपति खेमराज शर्माको विशेष सक्रियतामा चुरे जंगलमा वृक्षरोपण गरिएको हो ।

सात दिनसम्म चलेको वृक्षरोपण अभियानमा विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायतको पनि सहभागिता थियो ।

वृक्षरोपणका लागि वन कार्यालयले विभिन्न प्रजातिका विरुवा उपलब्ध गराएको जिल्ला वन कार्यालय धनुषाका सहायक वन अधिकृत सुरेश शर्माले जानकारी दिए ।