Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


फोटो पत्रकारको काम चुनौतीपूर्ण हुने महसुस गरेको छु : सभामुख


0
Shares

प्रदर्शनीमा पत्रकार र फोटो पत्रकारहरुले समाचार संकलनकाक्रममा भोग्नुपरेका जोखिमसम्बन्धी ४५ ओटा तस्वीर राखिएका छन् ।

फोटो पत्रकार क्लबले आयोजना गरेको दुईदिने प्रदर्शनीको उद्घाटन गर्दै सभामुख ओनसरी घर्तीले फोटो पत्रकारको काम चुनौतीपूर्ण हुने महसुस आफूले पनि गरेको बताइन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार र फोटो पत्रकारहरुमाथि हुने दुर्व्यवहारको छानबिन पनि नहुने गरेको भन्दै दोषीहरुलाई कानुनको दायरमासमेत ल्याउन नसक्ने अवस्था रहेको गुनासो गरे ।

त्यस्तै, फोटो पत्रकार क्लबका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले पत्रकार र फोटो पत्रकारहरु असुरक्षित रहेको भन्दै र फिल्डको काम दिन–प्रतिदिन गाह्रो बन्दै गइरहेको बताए ।