Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


चूडामणि शर्माको सुनुवाइ आइतबार


0
Shares

शर्माको शुक्रबार सुनुवाइ भएपनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखेर आइतबार सुनुवाइ हुने अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराए ।

अदालतका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरेको हो ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाइ मंगलबार गैरकानुनीरुपमा थुनामा राखेको भन्दै रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेक थिइन् ।

शर्मालाई विशेष अदातलले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ ।

शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्याेट आयोगको सदस्यसचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस