Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘वन संरक्षण गर्नु मानव धर्म’


0
Shares

जापानको यकोओमा सिटी विश्वविद्यालय र यामादाबी कम्पनीले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले वन संरक्षण गर्नु मानव धर्म भएको बताए ।

हरियो वन नेपालको धन भन्ने उक्तिलाई चरितार्थ गर्न नेपाली लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा चुरेभावर मधेश वन संरक्षण समितिका सदस्य सचिव हेमलाल अर्याल, यकोहामासिटी विश्वविद्यालयका प्रा डा फुजीवारा, यामादाबी कम्पनीका अध्यक्ष यामादाहिबियो, पर्यावरणविद् डा महेन्द्रनाथ सुवेदी, जापानमा कार्यरत नेपाली अन्तरराष्ट्रिय कानून व्यवसायी बलराम श्रेष्ठलगायतले नेपालले वन संरक्षण क्षेत्रमा जापानबाट सिक्नुपर्नेमा जोड दिए । रासस