१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


जापानले शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने


0
Shares

corona death teaching hospital kathmandu

अस्पतालका निर्देशक डा.दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए । रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाई छ ।

जापानले दुई वर्षअघिको भूकम्पका समयमा अस्पताललाई उपकरण खरिदमा रकम सहयोग गर्ने वचन दिएको थियो । तर, अस्पतालले रकमको सट्टा उपकरण नै दिन आग्रह गरेपछि उपकरण दिन जापान राजी भएको हो ।

एमआरआई मेसिन, स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन, अल्ट्रा साउण्डलगायत अन्य शल्यकक्षमा प्रयोग हुने उपकरण आउने निर्देशक महराले बताए । रासस