
औषधी उत्पादनका लागि नयाँ मिसिन जडानका लागि भौतिक पुर्वाधार मर्मतका कार्य पनि भईरहेको जनाएको छ ।
पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले कम्पनीको प्रगतीबारे जानकारी लिन आइतबार गरेको अनुगमनमा औषधी कम्पनीले योजना अनुसार नै काम भईरहेको जनाएको हो ।
लिमिटेडका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले असोज १ गतेसम्म सिटामोल उत्पादन हुने बताए । कम्पनीले गुणस्तरियता र मूल्यलाई ध्यानमा राखेको उनले उल्लेख गरे ।
पूर्व मन्त्री जोशीले लिमिटेडको प्रगती सन्तोषजनक रहेको भन्दै योजना अनुसार अगाडि बढ्न आग्रह गरे । उनले गुणस्तरियता र मूल्यलाई ध्यान दिन पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्