
पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा, प्रहरी र वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रण गरिएको झलारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । आगलागी हुनुको कारण भने खुल्न सकेको छैन ।
पसल सन्चालक पुष्पराज पन्तले पसल बन्द रहेका बेला अज्ञात व्यक्तिले भेन्टिलेसनबाट आगो लगाएको आरोप लगाए ।
बैंकबाट कर्जा लिएर सन्चालन गरेको पसल पूरै जलेर नष्ट भएपछि बिचल्ली भएको गुनासो गर्दै उनले भने – ‘बैंकको कर्जा कसरी तिर्ने भन्ने समस्या उत्पन्न भएको छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्