Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


साउदीमा मिनिस्कर्ट लगाएर ‘सनसनी’ मच्चाउने महिला रिहा


0
Shares

साउदी अरबको राजधानीबाट उत्तरतर्फको ऐतिहासिक मानिएको एक गाउँमा यसै साता ती महिलाले ‘मिनिस्कर्ट’ लगाएर घुमेको दृश्यले इन्टरनेटमा सनसनी मच्चिएपछि प्रहरीले व्यापक खोजी अभियान चलाएर पक्राउ गरेको थियो ।

साउदीमा महिलाले लगाउने पारम्पारिक पोसाक (इस्लामिक राजकीय ड्रेस कोड)को ती महिलाले उल्लंघन गर्दै अतिछोटो पोसाक लगाएर समाजमा हिंसा मच्चाएको प्रहरीले आरोप लगाएको थियो ।

तर, ती महिलाले भने आफ्नो अनुमतिबिना भिडियो खिचिएको र इन्टरनेटमा पोस्ट गरिएको बताएकी छन् ।

साउदी प्रहरीकाअनुसार उनलाई सामान्य सोधपुछपछि पूरा शरीर ढाकिने गरी कपडा लगाउन अनुरोध गर्दै छोडिएको हो ।

‘इन्टरनेसनल कम्युनिकेसन सेन्टर फर इन्टरनेसनल’ले जारी गरेको विज्ञप्तिअनुसार गत मंगलबार ती महिलाले अतिछोटो ‘मिनिस्कर्ट’ लगाएर कपाल उडाएर हिँडेको भिडियो सार्वजनिक भएपछि बुधबार (हिजो) बिहान पक्राउ गरी सामान्य सोधपुछपछि बुधबार बेलुका नै रिहा गरिएको हो । (एजेन्सी)