
भवन निर्माणको जिम्मा पाएको खानी धुलिखेल हिमालय जेविले भवन निर्माणमा ढिलाई गरेपछि थप स्वास्थ्य सेवा सन्चालनमा समस्या भएको हो ।
अहिले स्वास्थ्य चौकी एउटा सानो घरमा राखिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाले स्वास्थ्य चौकी निर्माण गर्न खानी धुलिखेल हिमालय जेविसँग २०६७ साल असार २० गते सम्झौता गरेको थियो ।
३ करोड २१ लाख रुपैयाँको लागतमा डेढ वर्षभित्र २ तले भवन निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदार सागर गौतमले पटक–पटक भवन निर्माणको म्याद थप्दै काम भने नगरेको स्थानीयको आरोप छ ।
यसैबीच शहरी विकास कार्यालय धनकुटाले भवन निर्माणको ठेक्का लिने ठेकेदार कम्पनीलाई समयमै काम नगरेकोमा कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्