१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


मोरङको फोक्लान टापुमा भाइरल ज्वरोको प्रकोपः दुई बालबालिकाको मृत्यु, १७ सिकिस्त


0
Shares

फोक्लान टापुमा अरु १७ जनाभन्दा बढी बालबालिका सिकिस्त बिरामी भएका छन् ।

असार पहिलो सातादेखि नै ज्वरो आउने, टाउको दुख्ने र रिँगाटा लाग्ने लक्षणबाट दिलबहादुर राईका १४ वर्षीय छोरा विजय राई र डिल्लीमान तामाङकी ५ वर्षीया छोरी सुस्मिता तामाङको मृत्यु भएको जनाइएको छ । 

ज्वरोको प्रकोपबाट बालबालिका सिकिस्त भएपछि फोक्लान टापुमा सोमबार स्वास्थयकर्मीको टोली पुगेको छ ।

जनस्वास्थ्य कार्यालय मोरङको नेतृत्वमा गएको स्वास्थयकर्मीको टोलीले ६७ जनाको स्वास्थ्य जाँच गरेको छ ।

बिरामीहरुलाई औषधिसमेत दिइएको टोलीका संयोजक विभा मण्डलले जानकारी दिइन् ।