
भक्तजनको आवश्यक सुरक्षाको व्यवस्था पनि मिलाइसकिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । भक्तजनलाई आइपर्ने समस्यामा सहयोग गर्न स्थानीय प्रशासन तयार रहेको प्रजिअ चोमेन्द्र न्यौपानेले बताए ।
गोसाइँकुन्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमका अनुसार भोजन, बास, स्वास्थ्योपचार, सुरक्षा र स्वंयसेवकसमेतको सम्पूर्ण तयारी पूरा भएको छ ।
आगामी साउन १३ गते नागपञ्चमीका दिन रक्षाबन्धन पर्व परेको छ । भक्तजनको आगमन साउन २३ सम्म नै हुने अपेक्षा गरिएको छ । गोसाइँकुन्ड समुद्री सतहदेखि १४ हजार ३७० फिटको उचाइमा पर्छ ।
गोसाइँकुन्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्