काठमाडौं, माघ १३ । चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगार विभागमा ४२ करोड ४२ लाख बराबरको मागदाबी सहितको मुद्दा दर्ता भएको छ । यस अवधिमा व्यक्तिगत र संस्थागततर्फ गरि ९५१ वटा मुद्दा दर्ता भएको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार व्यक्तिगततर्फ ३९७ र संस्थागततर्फ ५९७ वटा मुद्दा दायर भएका छन् । व्यक्तिगततर्फको ३९७ वटा मुद्दामा २२ करोड रकम दाबी गरिएको छ भने संस्थागततर्फ ४२ करोड रकम बराबर माग दाबी गरिएको विभागले जनाएको छ ।
विभागमा सम्झौताअनुसार काम नभएको, विदेशमा गई सम्झौता अनुुसारको सुरक्षा र सुविधा नभएको भन्दै मुद्दा दर्ता भएको विभागका निर्देशक भोलानाथ गुरागार्इंले जानकारी दिए ।
विभागले यसै आर्थिक वर्षमा ८ वटा संस्थाहरुलाई कारबाही गरेको छ । ७८ जना व्यक्तिविरुद्ध १० करोड बराबरको बिगो दाबीसहित मुद्दा दायर भएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा व्यक्तिगत र संस्थागत गरि २ हजार ११९ वटा मुद्दा १ अर्ब ५२ करोड रकम दाबीसहित दर्ता भएको थियो ।










प्रतिक्रिया दिनुहोस्