काठमाडौं, माघ १३ । साताको पहिलो दिन पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।
उतारचढावबीच नेप्से १० अंकले झरेर ११६२ मा आइपुग्यो । कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से झरेको हो । निर्जीवन बीमा समूह सबैभन्दा ९३ अंकले झर्यो ।
जीवन बीमा समूहमा पनि ६९ अंकको गिरावट आयो । होटल, विकास बैंक, जलविद्युत, उत्पादनमुलक, र लघुवित्त समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।
यसदिन १६४ कम्पनीको ११ लाख ८५ हजार कित्ता शेयर जम्मा ३४ लाख ३७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्