Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


लेखा अधिकृतलाई नियमको एउटा धर्कोसमेत नमिच्न निर्देशन


0
Shares

झापा, माघ १३ । महालेखा परीक्षक टंकमणि शर्मा दंगालले स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक खरिद ऐन र कानुनका विषयमा जानकारी नराख्दा स्थानीय तहको लेखा परीक्षणमा ठूलो समस्या सुरु भएको बताएका छन् ।

झापाको चन्द्रगढीमा आज आयोजित लेखा परीक्षण सम्बन्धी छलफलमा उनले स्थानीय तहको लेखा परीक्षणका क्रममा ४५ प्रतिशत कागजात नै नभेटिने गरेको बताए ।

स्थानीय तह र सरकारी कार्यालयमा कार्यरत लेखा अधिकृतलाई नियमको एउटा धर्कोसमेत नमिच्न उनले निर्देशन दिए । कार्यालय–कार्यालय र स्थानीय तह डुल्ने र अडिट गर्ने देश संसारमा नेपाल बाहेक कहीँ नभएको बताउँदै शर्माले महालेखा परीक्षकको कार्यालयका लागिमात्र नभई आफ्नै लागि लेखा राम्रो राख्न स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र लेखा अधिकृतहरुलाई सुझाव समेत दिए ।

 

Skip This