१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


पूर्वमन्त्री गगन थापाको पहलमा ल्याइएका अत्याधुनिक उपकरण अस्पतालमा थन्किए


0
Shares

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको विशेष पहलमा पठाइएका अत्याधुनिक उपकरण सञ्चालनमा आउन नसकेका हुन् । हाल अस्पतालमा ल्याइएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया मेसिन, फूल अटोमेटिक ल्याव, होरिजेन्टल एक्स रे मेसिन, अक्सिजन मेसिन र डायलोसिस मेसिन प्रयोगविहीन बनेका छन् ।

अस्पतालमा २२ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्नेमा हाल दुई जनामात्र छन् भने ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेकामा दुई जनामात्र कार्यरत छन् । यसैगरी अर्थोपेडिक र जेनरल सर्जनको दरबन्दी पूर्णरुपमा खाली छ ।

तत्कालिन स्वास्थ्यमन्त्री थापाको पहलमा अस्पताललाई २ करोड २४ लाखको अत्याधुनिक उपकरण खरिद गरिएको र स्वास्थ्य विभाग तथा मन्त्रालयबाट समेत थप उपकरण उपलब्ध भएको मेडिकल सुपरिटेन्डेन्ट डा. दयाशंकरलाल कर्णले जानकारी दिए ।

अत्याधुनिक उपकरण अस्पतालमा भए पनि सम्बन्धित विषयको विशेषज्ञको अभावमा सञ्चालनमा ल्याउन नसकेको उनले बताए ।