१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


डा.केसी र सरकारी प्रतिनिधिबीच वार्ता, ‘तत्काल केही जवाफ दिनसक्ने अवस्था छैन’


0
Shares

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको छलफलमा डा.केसीका मागबारे बुँदागतरुपमा छलफल भएको जनाइएको छ ।

सरकारी वार्ता टोलीका संयोजक शिक्षासचिव शान्तबहादुर श्रेष्ठले माथेमा प्रतिवेदनअनुसार शिक्षा ऐन बनाउनु पर्ने केसीको माग रहेको र चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले वार्ता टोलीले तत्काल केही जवाफ दिनसक्ने अवस्था नरहेको बताए ।

बैठकमा डा.केसीको माग बमोजिम मेडिकल शिक्षामा भ्रष्टाचार र अनियमितता रोक्ने, सरकारले नै शुल्क निर्धारण गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो ।