Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


ताप्लेजुङ अस्पतालमा १ सय ८ जना गर्भवतीको सफल शल्यक्रिया


0
Shares

यो गतवर्षको भन्दा झन्डै दोब्बरले बढी भएको अस्पतालले जनाएको हो । गत वर्ष ७१ जनाको मात्र शल्यक्रिया भएको थियो ।

सामान्य अवस्थाबाहेक बच्चा कुठाउँमा बसेको, पाठेघरको मुखबाट अधिक रगत बगेको, साल नझरेको, गर्भमा भएको बच्चालाई खान पुग्ने अवस्था नभएको, शरीरमा रगत सुकेको जस्तो अवस्थाका गर्भवतीको शल्यक्रिया गरेको अस्पतालका चिकित्सक उत्तम पाच्याले जानकारी दिए ।

यो वर्ष ६ सय ६३ जना जिल्ला अस्पताल आएर सुत्केरी भएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

Skip This