
स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण हुन लागेको हो ।
विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले सामान्य जनतादेखि विशिष्ट, अति विशिष्ट व्यतित्वका लागि ठूलो योग सेन्टर बनाउने बताए ।
उनले भने, ‘अहिले त्यहाँ प्रशासनिक भवन बन्दैछ, जसका लागि रु एक करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ, अन्य भवनका लागि नक्सांकन भइरहेको छ र पुरै भवनको ‘मास्टरप्लान’ बन्दैछ, यो ‘प्रोजेक्ट’ सम्पन्न गर्न करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।’
सेन्टरले मानिसलाई योग गर्नुपर्छ भन्ने बानीको विकास गर्ने विभागको भनाई छ । केन्द्रमा सेन्टर बनाएपछि सातै प्रदेशमा यस्तो योग केन्द्र खोल्ने योजना छ, जुन नसर्ने रोगको न्यूनीकरणमा महत्वपूर्ण हुने बताइएको छ ।
सेन्टरमा स्वस्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतका सेवा दिई नसर्ने रोगका लागि काम हुने महानिर्देशक उपाध्यायको भनाई छ । रासस
प्रतिक्रिया दिनुहोस्