पाल्पा । पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकाबीचमा पर्ने कालीगण्डकी नदीमाथि पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
४ नम्बर र ५ नम्बर प्रदेशलाई जोड्ने १ सय ७४ मिटर लम्बाई र साढे सात मिटर चौडाई भएको उक्त पुल १३ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।
पुल निर्माण कार्य यसै आर्थिक वर्षमा पुरा गरिने ठेक्का सम्झौता भएको सडक कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।
पुल निर्माण पुरा भएपछि पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय लाभान्वित हुनेछन् । सडक कार्यालय पाल्पाको आर्थिक र प्राविधिक लगानीमा यो पुलको निर्माण कार्य भइरहेको हो ।









प्रतिक्रिया दिनुहोस्