
प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे सोमबार अस्पताल पुगेर जानकारी लिएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।
एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उनका स्वकीयसचिव पुस्करराज पाण्डेले जानकारी दिए ।
जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको पाण्डेले बताए । रासस
प्रतिक्रिया दिनुहोस्