Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


डा.केसी अनशन : चिकित्साशिक्षा विधेयकबारे थप छलफल गर्ने  समझदारी


0
Shares

फाइल फोटो

आजको वार्तामा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले डा.केसीको प्रमुख मागका विषय बनेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा बृहत् छलफल गर्नका लागि स्वास्थ्यमन्त्री र संसदीय समितिका सभापतिसँग मंगलबार (भोलि) बैठक आयोजना गर्ने समझदारी भएको बताए ।

सो छलफलका लागि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संसद्को महिला बालबालिका ज्येष्ठ नागरिक समाजका सभापति रन्जुकुमारी झा, तत्कालीन माथेमा आयोगका प्रतिवेदन तयारीमा मुख्य भूमिका खेल्ने पदाधिकारीसहितको बैठक मंगलबार (भोलि) बस्ने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन् ।

केसी पक्षका वार्ता टोली सदस्य डा.अभिषेकराज सिंहले सोमबार (आज)को वार्तामा मुख्य विषय चिकित्सा शिक्षा विधेयक र त्रिविका दुई पदाधिकारी बर्खास्त गर्ने विषयमा छलफल नभएकाले मंगलबार (भोलि)का लागि स्थगित गरिएको जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयक पारितलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा.केसी गत ९ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा ११ औं पटक आमरण अनशनमा छन् । रासस