१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


लिंगको आकार बढाउन शल्यक्रिया गर्दा ज्यान गयो


0
Shares

स्वीडेनको स्टकहोम सहर निवासी ३० वर्षीय (नाम नखुलाइएको) ती व्यक्तिको आफ्नै पेटबाट बोसोका कोषहरु निकाली लिंगको आकार बढाउन प्रत्यारोपण गराउनेक्रममा ज्यान गएको डेलिमेल अनलाइनले उल्लेख गरेको छ ।

ती व्यक्तिले आफ्नो लिंगको लम्बाई र मोटाई दुबै आकार बढाउन शल्यक्रियामार्फत् आफ्नै पेटमा रहेको बोसोका कोषहरु प्रत्यारोपण गराएको दुई घन्टामै उनको मृत्यु भएको जनाइएको छ ।

प्लास्टिक सर्जनहरुले ती व्यक्तिको लिंगलाई बीचमा चिरेर उनकै पेटमा रहेको बोसोका कोषहरु ‘इन्जेक्ट’ गरिरहेको समयमा एक्कासि मुटुको चाल बढ्न थालेपछि उनलाई सघनकक्षमा लगिएको थियो ।

जर्नल अफ फरेन्सिक साइन्सेजकाअनुसार ती व्यक्तिलाई शल्यक्रियाकै समयमा शरीरमा अक्सिजनको मात्रा एकदमै तल्लो तहमा पुगेको, उच्च रक्तचापको समस्या देखिएको र अन्त्यमा हृदयाघात भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

सघनकक्षमा लगिएको दुई घन्टासम्म सीपीआरको प्रयोग गरिएको र त्यसपछि ती व्यक्तिको मृत्यु भएको अस्पतालले उल्लेख गरेको छ ।

शल्यक्रियामा संलग्न चिकित्सकहरुले ती व्यक्तिलाई सामान्य श्वासप्रश्वाससम्बन्धी ‘अस्थमा’को लक्षण देखिएपनि अरु मेडिकल इतिहासबारे कुनै जानकारी नभएको बताएका छन् ।

पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु लिंगमा प्रत्यारोपण गरिएको बोसोको कोषहरुका कारण भएको उल्लेख छ ।

उक्त कोषहरु लिंगमार्फत् रगतमा मिसिएर रक्तसन्चार प्रणालीमा पुगेकाले मुटुमा अक्सिजनको मात्रा घट्न गइ रक्तचाप नियन्त्रण नहुँदा हृदयाघात भइ मृत्यु भएको उल्लेख छ ।

यौन औषधि परामर्शदाता प्रा. केवन वाइलीले अधिकांश पुरुषहरुले यौन उत्तेजना र सन्तुष्टिको लागि औषधि वा अरु शल्यक्रिया गराएपनि महिलाको तुलनामा धेरै निराशाजनक परिणामहरु देखापर्ने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेको बताए ।

उक्त घटना घटेपछि स्वीडेनमा लिंगको प्लास्टिक सर्जरी गर्ने चिकित्सकहरुलाई सावधान गरिएको जनाइएको छ