Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


अब प्राथमिक उपचार ‘मोबाइल एप्स’मा


0
Shares

यी र यस्तै विभिन्न उपचारका प्रश्नका प्राथमिक उपचारका खोजी गर्दै अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेशन (एप्स) सार्वजनिक गरेको छ ।

एप्समा ‘एलर्जी/एनाफिलाक्सिस्क’, दमको रोग, रक्तश्राप, हाड भाँचिएको, छालाको पोलाई, मधुमेह, घाँटीमा केही अड्किदा कसरी व्यवस्थापन गर्ने, तनाव, टाउकोलगायत शरीरका अन्य भागमा लागेका सामान्य चोटपटक, अत्याधिक कठ्यांग्रिँदा कसरी जोगिने, छारेरोग, ‘मेनिन्जाइटिस’, बेहोस, मस्तिष्कघात, डसेका अथवा टोकेको घाउलगायतका विषयसमेत समेटिएका छन् ।

साथै, भूकम्प, आगलागी, बाढी, फ्लुका प्रकोप, तातो हावा, डढेलोजस्ता तत्काल विपद्को समयमा आकस्मिक रुपमा कसरी आफूलाई सामना तथा प्रतिरोध गर्नसक्ने बनाउने भन्ने विषयमा पनि सो एप्लिकेशनमा जानकारी रहेको छ ।

‘प्राथमिक उपचार नेपाल रेडक्रस’ एप्लिकेशन डाउनलोड गरेपछि बिना इन्टरनेट पनि पढ्न, हेर्ने र सुन्न सकिने सोसाइटीले जनाएको छ ।

सो एप्लिकेशनमा प्राथमिक उपचार, यसका प्रशिक्षणका विधि, विपद् प्रतिरोध, जोगिने उपाय, रक्तदान, विपद्का समयमा उद्धार, खोजमा जुट्न, सोसाइटीका मानवीय सेवालगायत क्षेत्रका बारेमा पनि जानकारी राखिएको छ ।

PrathamikUpachar NepalRedCross – Android Apps on Google Play

Ghar-Gharma Prathamik Upachar

घरघरमा प्राथमिक उपचार, यसको ज्ञान र सीप प्रवद्र्धन गर्न नेपाली भाषामा एप्लिकेशन तयार गरिएको जानकारी सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले दिए । उनले भने, ‘अहिले आम जनताका हातहातमा मोवाइल फोन छ, एकपटक यसलाई डाउनलोड गरी राखेकामा आकस्मिक विपद्का समयमा जोखिमसँग लड्न र प्राथमिक उपचार गर्न कोशेढुंगाको रुपमा काम गर्छ ।’

हालै हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो एप्लिकेशनको शुभारम्भ गरेका सथए । उनीहरुले विपद्का समयमा सोसाइटीले मानवीय सेवाका क्षेत्रमा गरेका कामको प्रशंसा गरेका छन् ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले मानवीय सेवामा तल्लीन सोसाइटीको कामलाई अझ छिटो र चुस्त बनाउन एप्सले सहयोग गर्ने विश्वास व्यक्त गरे । रासस