२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


‘चिकित्सा शिक्षा विधेयक एक हप्ताभित्रै संसदबाट पारित हुन्छ’


0
Shares

शनिबार (आज) काठमाडौंमा गरिएको साक्षात्कारमा शिक्षासचिव श्रेष्ठले अनशनमा बसेका प्रा.डा.गोविन्द केसीका मागलाई सम्बोधन गरेर संसदमा विचाराधीन विधेयक पारित हुने बताए ।

उनले डा.केसीका माग पूरा हुने भएकाले तत्काल अनशनमा तोड्न आग्रह पनि गरे ।

कार्यक्रममा मेडिकल एसोसिएसनका अध्यक्ष मुक्तिप्रसाद श्रेष्ठले सरकारका प्रतिनिधिले छलफल जारी राखेकाले केसीले चाँडै अनशन तोड्नसक्ने बताए ।

चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग गर्दै डा.केसी १३ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत् छन् ।