काठमाडौं, माघ १० । पछिल्ला दुई दिन सामान्य हरियो रहेको सेयरबजार साताको अन्तिम दिन बिहीबार पुनः ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकलेमात्र रातो रहेर ११ सय ७२.७८ कायम भएर थामियो ।
कारोबारमा भने केही सुधार आयो ।
यसदिन आधा समूह रातो रहे भने आधार हरियो रहे । जीवनबिमा, जलविद्युत्, लघुवित्त, वाणिज्य बैंक र वित्त समूह ऋणात्मक रहेका हुन् । निर्जीवन बिमा, उत्पादनमूलक, अन्य, होटल र विकास बैंक समूह भने सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका ९ लाख ९२ हजार कित्ता सेयर साढे ३१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्