
वडामा ज्वरोका विरामीको संख्या बढ्दै गएको स्थानियले जानकारी दिएका छन् । करिब ४ दिनदेखि फैलिएको ज्वरोले दर्जनौ घरपरिवार प्रभावित बनेको छन् ।
बिरामीलाई उपचार गर्न स्थानीय स्वास्थ्य चौकी लगे पनि कालेकाडाका स्वास्थ्य चौकीका इन्चार्ज बाहिर भएको कारण बिरामीलाई उपचार गर्न असहज भएको स्थानीयले गुनासो गरेका छन् ।
एक्कासी फैलिएको भाईरलले गर्दा बिरामीको संख्या बढेको हो । बिरामीहरुमा टाउको दुख्ने, पखाला चल्ने, पेट दुख्ने, रिंगाटा लाग्ने लगायतका लक्षण देखिन थालेको हो । बिरामीको स्वास्थ्य चौकी कालेकाँडामा उपचार गराउदा पनि ज्वरो नियन्त्रणमा नआए पनि आठबिस–४ र ५ अन्तर्गत खिड्किज्युला र दैलेखको राकमकर्णालीमा उपचारका लागि सयौंको संख्यामा जाने गरेका स्थानीय बासीले जानकारी दिएका छन् ।
वडामा करिब २०० भन्दा बढी मानिस भाईरलबाट प्रभावित बनेको स्थानीय मदन भाटले जानकारी दिए । नगर उपप्रमुख अम्बिका चलाउनेका अनुसार भाईरल फैलिएको एक हप्ता भईसक्दा पनि यो कुरा मिडियाबाट मात्र सुनेकाले स्वास्थ्य चौकी कालेकाडाका लागि थप स्वास्थ्यकर्मी पठाउने विषमा छलफल भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्