
हरि शर्मा (इमेज)
नवलपरासी, असार १८ । नारायणी नदीको बहाव बढ्दै गएपछि पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
आइतबार रातिदेखि परेको पानीका कारण नदीको सतह क्रमशः बढ्दै गएपछि कुनैपनि बेला क्षति पुग्नसक्ने भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।
नारायणी नदीको सतह खतराको सूचकभन्दा माथि रहेको छ ।
वर्षासँगै सतह बढिरहेकाले कुनैपनि समय पानी बस्तीमा पस्ने र त्यसले क्षति पुर्याउनसक्ने भन्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सामाग्रीसहित तयारी अवस्थामा राखिएको बताइएको छ ।
नारायणी नदीका कारण प्रतापपुर र सुस्ता गाउँपालिका पूर्णरुपमा प्रभावित हुने गरेका छन् भने प्रतापपुर गाउँपालिकाका केही बस्तीहरु जोखिममा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्