
बढ्दो गर्मी र बाढीको कारण रुघाखोकी, ज्वरो, पखाला, टाइफाइड, हातखुट्टा दुख्नेजस्ता बिरामी दिनहँु अस्पतालमा उपचारका लागि आउने गरेको तर दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा बिरामी उपचार पाउन नसकेर अन्य स्थानमा जाने गरेको गुनासो पाइएको छ ।
अस्पतालमा करिब २२ जना कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकोमा हाल दुईजनामात्र छन् भने ६ जना मेडिकल अधिकृतको दरबन्दीमध्ये दुईजनाले काम गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.दयाशंकरलाल कर्णले जानकारी दिए ।
उनले चिकित्सकको अभावका कारण प्रभावकारी रुपमा अस्पतालमा स्वास्थ्य सेवा पु¥याउन नसकेको बताए । अर्थोपेडिक र जनरल सर्जनको दरबन्दीसमेत यहाँ पूर्ण रुपमा खाली नै रहेको उनले बताए ।
अस्पतालमा रु २ करोड २४ लाख मूल्य बराबरको अत्याधुनिक उपकरण खरिद गरिएको र विभाग तथा मन्त्रालयबाट समेत उपकरण उपलब्ध भएपनि विशेषज्ञको अभावका कारण उपलब्ध भएका उपकरण पनि सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्